थ्रु द बाइबलको बारेमा
थ्रु द बाइबल एउटा प्रेमकथा हो—मानवजातिप्रति परमेश्वरको आफ्नै प्रेमकथा, जुन पुरानो र नयाँ सबै ६६ वटा करारका पुस्तकहरूमार्फत बताइएको छ।
थ्रु द बाइबल एउटा प्रेमकथा हो—मानवजातिप्रति परमेश्वरको आफ्नै प्रेमकथा, जुन पुरानो र नयाँ सबै ६६ वटा करारका पुस्तकहरूमार्फत बताइएको छ।
Thru the Bible को सेवकाइको केन्द्रमा एउटा प्रेमकथा छ—मानवजातिप्रति परमेश्वर स्वयंको प्रेमकथा। यो प्रेमकथा पुरानो र नयाँ करारका ६६ वटा पुस्तकहरूमार्फत बताइएको छ। यो यस्तो कथा हो, जुन हामीले हरेक पटक सुन्दा अझ सुन्दर र अर्थपूर्ण हुँदै जान्छ, किनकि यसको प्रत्येक शब्द सत्य छ।
Thru the Bible ले हरेक दिन विभिन्न प्रकारका सञ्चार माध्यमहरूमार्फत परमेश्वरको वचन सिकाउँछ—मानिसहरूलाई परमेश्वरले दिनुभएको उद्धारको प्रस्तावलाई स्वीकार गर्न र उहाँसँगको संगतिमा जीवन बिताउँदै उहाँलाई पछ्याउन आमन्त्रण गर्दछ ।
हाम्रा संस्थापक तथा शिक्षक डा. जे. भर्नन म्याक्गीलाई परमेश्वरको कथा सुनाउनुभन्दा प्रिय अरू कुनै कुरा थिएन। पास्टर तथा बाइबल शिक्षकका रूपमा उहाँले सन् १९४१ मा रेडियोमार्फत शिक्षा दिन सुरु गर्नुभयो। उहाँको आशा थियो कि स्थानीय सान ग्याब्रियल भ्याली र लस एन्जलस क्षेत्रका मानिसहरूले सरल रूपमा सिकाइएको परमेश्वरको वचनका अद्भुत सत्यहरूलाई ध्यानपूर्वक सुन्नेछन् र त्यसप्रति प्रतिक्रिया जनाउनेछन्।तर डा. म्याक्गी आफैं अचम्मित हुनुभयो—मानिसहरूले उहाँको कुरा सुने।
बाइबल आफैंमा एउटा उत्कृष्ट कथा हो—र डा. म्याक्गी पनि उत्कृष्ट कथावाचक हुनुहुन्थ्यो। तर बाइबल केवल एउटा राम्रो कथा मात्र होइन; यो सधैँदेखि परमेश्वरले हामीलाई आफूतर्फ आकर्षित गर्नुहुने प्रमुख माध्यमहरूमध्ये एक हो।
” तपाईं र म येशूसँग नजिक रहिरहने एउटै मात्र उपाय भनेको उहाँको वचनसँग नजिक रहनु हो। यही कारणले हामी परमेश्वरको वचनमा समय बिताइरहेका छौँ, र यही कारणले म रेडियो कार्यक्रममा मानिसहरूका पत्रहरू पढेर सुनाउँछु। उनीहरू लेख्छन्, ‘मैले पहिलोपटक प्रभुको आनन्दबारे थाहा पाएँ।’ उनीहरूका लागि ख्रीष्टियन जीवन एउटा भारी जुवाजस्तै भएको थियो; उनीहरूले कर्तव्य र अनुशासनबाहेक अरू केही जानेका थिएनन्। तर जब तपाईं बाइबल अध्ययन गर्न समय बिताउनुहुन्छ, तपाईं येशू ख्रीष्टको व्यक्तित्वतर्फ आकर्षित नभई रहन सक्नुहुन्न। ”
— डा. जे. भर्नन म्याक्गी, हिब्रूहरूको पुस्तक सिकाउँदै
सरल शैली र आत्मीय व्यवहारका साथ उहाँले सुनाउनुभएको सन्देशप्रति विश्वभरबाट आएको प्रतिक्रियाले जोन भर्नन म्याक्गी स्वयंभन्दा बढी अचम्मित अरू कोही हुने थिएन।
डा. म्याक्गीको जन्म सन् १९०४ मा टेक्सासको हिल्सबोरोमा भएको थियो। जर्जिया, टेनेसी र टेक्सासमा पास्टरका रूपमा सेवकाइ गरेपछि, डा. म्याक्गी र उहाँकी पत्नी रूथ क्यालिफोर्नियाको पासाडेनामा बसोबास गर्नुभयो।
सन् १९४१ मा डा. म्याक्गीलाई एउटा मात्र रेडियो स्टेशनबाट “The Open Bible Hour” नामक आइतबारको रेडियो कार्यक्रम सुरु गर्न प्रेरित गरियो। पछि यो कार्यक्रम “High Noon Bible Class” को रूपमा विकसित भयो, जसले आज हामीले चिनेको Thru the Bible सेवकाइ सन् १९६७ मा सुरु हुनका लागि आधार तयार गर्यो। डा. म्याक्गीले सन् १९४९ देखि १९७० सम्म पास्टरका रूपमा सेवा गर्नुभएको लस एन्जलसस्थित Church of the Open Door को प्रवचन मञ्चबाट “Sunday Sermon” का सन्देशहरू रेकर्ड गर्नुभयो।
सन् १९६५ मा क्यान्सरको शल्यक्रियापछि डाक्टरहरूले डा. म्याक्गीलाई अब केवल छ महिना मात्र बाँच्नुहुनेछ भनेर बताएका थिए। तर प्रभुले उहाँलाई थप २३ वर्षको जीवन दिनुभयो। अस्पतालबाट फर्किएपछि डा. म्याक्गीले आफ्नो जीवन Thru the Bible सेवकाइमा समर्पित गर्नुभयो। र हरेक समय पासाडेनास्थित कार्यालयमा उहाँलाई आफ्नो डेस्कमाथि खुला बाइबल राखेर, माइक्रोफोनअगाडि बसेर सेवकाइ गरिरहेको भेट्टाउन सकिन्थ्यो।
डा. म्याक्गी र सञ्चालक समितिले उहाँको निधनपछि पनि रेकर्ड गरिएको पाँच वर्षे कार्यक्रम रेडियोमा निरन्तर प्रसारण भइरहने गरी पहिल्यै योजना बनाउनुभएको थियो। डा. म्याक्गीको निर्देशन थियो, “पैसा न सकिएसम्म यी रेकर्डिङहरू बजाइरहनू।” डिसेम्बर १, १९८८ मा डा. म्याक्गी आफ्नो कुर्सीमा बसिरहनुभएको अवस्थामा निदाउनुभयो र शान्तिपूर्वक आफ्ना मुक्तिदाता प्रभुको उपस्थितिमा जानुभयो।
आज पनि Thru the Bible को विश्वव्यापी सेवकाइ थोरै कर्मचारीहरू तथा प्रार्थना र निष्ठापूर्वक सहयोग गर्ने हाम्रा प्रिय श्रोताहरूको माध्यमबाट निरन्तर अघि बढिरहेको छ। उहाँहरू येशू पुनः नआउन्जेलसम्म “Bible Bus” लाई परमेश्वरको सम्पूर्ण वचनमार्फत निरन्तर यात्रा गराइराख्ने उद्देश्यमा प्रतिबद्ध हुनुहुन्छ।
त्यसैले, आउनुहोस् बाइबल बस मा चढ्नुहोस् र आफ्ना साथीहरूलाई पनि आमन्त्रण गर्नुहोस्।